नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द

डिसी नेपाल
१ पुष २०७८ १०:३२
152
Shares

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले आज पुस १ गतेदेखि आगामी पुस ५ गतेसम्मका लागि सबै आय संकलन काउन्टरहरू बन्द गरिएको जनाएको छ ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर प्राधिकरणको एम–पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको सूचनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.