मनकामनाको केबलकार चार दिनका लागि बन्द
काठमाडौँ। मनकामनाको केबलकार चार दिन बन्द हुने भएको छ । गेयर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले पुष ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द गर्नुपर्ने कम्पनीले जनाएको छ ।
केबलकारको स्तरोन्नतिका लागि अष्ट्रियाका प्राविधिकले अनुगमन गर्नेछन् । केबलकार बन्द रहे पनि स्टेशन वरिपरि रहेको रेष्टुरेण्ट सञ्चालन रहने पनि कम्पनीले जनाएको छ । आगामी बिहीबार ( ८) बाट पुनः केबलकार सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment