जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका

डिसी नेपाल
२ पुष २०७८ १२:१८
124
Shares

टोक्यो : जापानको ओसाका सहरमा रहेको एउटा व्यापारिक भवनमा आगलागी भएको छ। उक्त आगलागीमा परि कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। साथै, आगलागीबाट २८ जना घाइते भएका छन् ।

उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ। ओशाकास्थित ८ तले भवनमा शुक्रबार आगलागी भएको हो ।

भवनको चौथो तल्लामा रहेको मानसिक मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.