‘क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्’

डिसी नेपाल
२ पुष २०७८ १७:४०
644
Shares

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका चार क्रिकेटरले नेपाल क्रिकेट संघ (क्यान)को निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका हुन् ।

क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन समेत खेलाडीहरुले अपिल गरेका छन् ।

उनीहरुले जारी विज्ञप्तिमा भनेका छन्,’हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *