सानदार जितसँगै इन्टरलाई चार अंकको अग्रता
काठमाडौं। इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ।
शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५-० अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टाे गाग्लीयर्दिनीले १/१ गोल गरे।
जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ। दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ। पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment