मनाङ मर्स्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख सहयाेग

डिसी नेपाल
३ पुष २०७८ १०:५८
28
Shares

काठमाडौं। गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सरकारले उपलब्ध गराएको सो रकम मनाङले टोलीको व्यवस्थापनलगायतमा खर्च गरिने बताएका छन् । यसका साथै प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकीसँग मिलेर मनाङले काम गर्ने सदस्य सचिव गुरुङले बताएका छन् ।

प्राविधिकल र पोखरा रङ्गशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलकुद मन्त्री गुरुङले मनाङजस्तो गर्विलो इतिहास भएको टोलीसँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुुखद् रहेको बताएका छन् । उनले भने, “प्रदेशमा यूवा खेलाडी उत्पादनमा समेत एमएमसी (मनाङ मर्स्याङ्दी क्लब)सँग मिलेर अघि बढ्न सक्छौँ ।”

मनाङले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै मन्त्री गुरुङले प्रदेश सरकारले रु १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गरेका छन् । सदस्य सचिव गुरुङले मनाङसँगको सहकार्यले मुर्तरुप लिएको जनाउँदै फुटबल विकासका लागि गरिने आगामी दिन अझै व्यवस्थित योजना बनाउँदै अघि बढ्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *