विदेशबाट आउनेले होटल क्वारेन्टाइन बस्नुपर्ने नियम लागू भएको भोलिपल्टै स्थगित

डिसी नेपाल
३ पुष २०७८ ११:४५
388
Shares

काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन थालेपछि यसको जोखिम रोकथाम गर्नको लागि विदेशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको अध्यागमन विभागले १ दिन नबित्दै यो व्यवस्था स्थगित गरेको छ । विभागले हिजो मात्र ६७ वटा देशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरेको थियो ।

हिजो विभागले एक सूचना जारी गर्दै ६७ वटा देशबाट आउनेहरुले अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने र त्यसपछि आरट पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएको थियो । विभागका अनुसार यी ६७ देशहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरी उपलब्ध गराएको सूचीअनुसार जोखिमयुक्त देशहरु भनिएको थियो ।

विभागले हिजो लागू गरेको नयाँ नियममा यसरी होटल क्वारेन्टाइन बस्दा यात्रुले आफ्नै खर्चमा बस्नुपर्ने भनेको थियो । तर, शनिबार अर्को सूचना जारी गर्दै विभागले ७ दिनको अनिवार्य होटल क्यारेन्टाइनको व्यवस्था अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ । विभागले जोखिमयुक्त भनेका ६७ देशहरुमा अमेरिका, युरोपका सबैजसो देशहरुसहित कोरिया, मलेसिया, थाइल्याण्ड, माल्दिभ्स लगायत देशहरु थिए । नेपालीहरु रोजगारीका लागि जाने खाडी देशहरु भने यो सूचीमा थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.