चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाइयोस्ः मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशभित्रका राजमार्ग चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाउन सङ्घ सरकारसँग माग गरेका छन्।
उनले कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा हाल कर्णाली राजमार्गसँगै भेरी करिडोरको जाजरकोट खण्डमा रात्रीकालीन यातायात सेवा बन्द हुँदै आएको जानकारी दिए।
सङ्घ सरकारको मातहतका यी सडकमा राति यातायातका साधन चल्न सकेका छैनन्। दश जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सुरक्षा निकायका केन्द्रीय प्रमुखहरु तथा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी उक्त गोष्ठीमा मुख्यमन्त्री कँडेलले कर्णालीमा सञ्चालन हुने सडक मृत्यु मार्गको रुपमा परिभाषित भएकाले यसलाई सुधार गर्न आग्रह गरे।
हिमाली जिल्लामा रहेका प्रहरीचौकीको अभावमा त्यहाँ रहेका सुरक्षाकर्मीले भोगेको समस्या तत्काल समाधान गर्नसमेत उनले गृहमन्त्री अर्याललाई आग्रह गरे।
आगामी फागुन २१ गते तोकिएको निर्वाचन यही अवस्थाको सुरक्षा र प्रमुख दललाई बाहिर राखेर गरिने विषयले सम्भव नहुने उनको भनाइ थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment