भुपु ब्रिटिश आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

डिसी नेपाल
३ पुष २०७८ १५:०४
64
Shares

काठमाडौं।खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका भुपु ब्रिटिश आर्मी धनबहादुर राईले गाउँमा हेलिप्याड बनाइदिएका छन् । बेलायतमै रहेका राईले मृतक श्रीमतीको स्मृतिमा बासपानी वडा कार्यालयनजिकै आफ्नै जग्गामा हेलिप्याड निर्माण गरी दिएका हुन् ।

राईले स्वास्थ्य समस्या परेका स्थानीयको उपचारमा सहयोग गर्नेगरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलीकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।

हेलिप्याड निर्माणापछि प्रसूति तथा दुर्घटनाका कारण तत्काल अस्पताल पुर्‍याउनु पर्ने बिरामीले छिट्टै उपचार पाउन सक्छन् । यसअघि स्थानीयको खेतबारीमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने बध्यता थियो ।

कहिले काही ल्याण्ड गर्ने ठाउँ नभेट्दा बिरामीको ज्यानै समेत जाने अवस्था थियो । हेलिप्याड बनाइदिने राईलाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ । भुपु ब्रिटिश आर्मी राईले श्रीमतीको कपुरथान चिहान लाई पनि कंक्रिट गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.