बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी

डिसी नेपाल
३ पुष २०७८ २२:१३
20
Shares

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-२ स्थित बडियाँ बजारमा चोरी भएको छ । शुक्रबार राति पसलको ताल्चा फोडेर दुई लाख रकम बढीको मालसमान र नगद चोरी भएको व्यापारीले बताएकाछन् ।

स्थानीय व्यापारी उमापति भट्टले सञ्चालन गरेको केदार भूमिराज मसानी ट्रेडर्सबाट एक लाख ५० हजार बराबरको मालसमान चोरी भएको छ । आफ्नो पसलबाट लुगा कपडा, जुत्ता चप्पल र घ्युका डब्बा चोरीएको व्यापारी भट्टले बताए ।

यसैगरी काशिसिंह विष्टले सञ्चालन गरेको कैलपाल खुद्रा पसलबाट नगद २५ हजार रकमसहित ८० हजार रकम बराबरको धनमाल चोरी भएको छ ।घटनाबारे आज बिहानै प्रहरीलाई जानकारी गराएपछि खोचलेक प्रहरीचौकीको टोली घटनास्थलमा गएर मुचुल्का तयार गरेको छ ।

यी पसलमा बेलाबेलामा चोरी हुने गरेको व्यापारीले बताएकाछन् । भट्टको पसलबाट यस पटकसमेत गरेर पाँच पटक चोरी भैसकेको र विष्टको पसलबाट गत मंसिर ८ गतेसमेत ६० हजार रकम बराबरको धनमाल चोरी भएको सम्बन्धीत पसलका व्यापारीले बताएकाछन् ।

हिजो चोरी भएका बेला पसलको ताल्चा फुटाउन प्रयोग भएको फलामको रड र चोरी गर्ने व्यक्तिका चप्पल घटनास्थलमै भेटिएका छन् । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.