यु–१९ महिला साफ च्याम्पियनसिप: भारतलाई रोके नेपाल फाइनलमा

डिसी नेपाल
४ पुष २०७८ १०:१३
640
Shares

काठमाडौं। सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो।

बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसाे ३ बजे सुरु हुनेछ। नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ। जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन्।

आइताबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन्। यस खेलबाट अर्काे फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ। प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *