सिरहामा छुरा प्रहार गरेर एक युवकको हत्या
सांकेतिक तस्वीर
सिराह। सिरहामा छुरा प्रहार गरेर एक युवकको हत्या भएको छ । शनिबार राति घर जाने क्रममा गोलबजार-६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाहरुको समूहले छुरा प्रहार गरेको हो ।
उक्त प्रहारबाट घाइते भएका रामकुमारको राति नै धनगढीमाईस्थित आरेक मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र निकेशको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
घटनामा संलग्नको पहिचान हुन नसकेको र संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
यसैबीच, घटनाको विरोधमा स्थानीयले आइतबार बिहानैदेखि गोलबजारका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment