कपाल रोप्न धितोबिना ऋण !
काठमाडौं। चितवन,उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।
अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो । अस्पतालभित्रै सो काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताए ।
बैंकले २५ हजारदेखि दुई लाखसम्म यस्तो ऋण धितोबिना नै शून्य व्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।
उनले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको जानकारी दिए । सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ । व्यवस्थापन विभाग अर्यालले भने, “बैंक धाइरहनुपर्ने झन्झट हुँदैन, हामीले सहजीकरण गरिदिन्छौँ ।” चितवनमा पहिलो पटक यो सुविधा दिइएको जनाइएको छ ।
अस्पतालको डर्माटोलोजी विभागमा कपाल प्रत्यारोपणका साथै अनुहारको चाउरीपन हटाउने, छालामा चमक ल्याउने, चाया, पोतो हटाउने,डण्डीफोरलगायतका दाग, धब्बा हटाउने सेवा छन् । यी सबै सेवाको शुल्क किस्ताबन्दीमा तिर्न मिल्ने उन्ी बताउँछन् ।
अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट एण्ड हेयर ट्रान्सप्लान्ट सर्जन डा. श्रद्धा उप्रेती पछिल्लो आधुनिक प्रविधिमार्फत कपाल प्रत्यारोपण गरिँदै आएको जनाइएको छ । ।
लडेर, पोलेर वा दुर्घटनाबाट कुनै खत बसेको छ भने पनि त्यस्तो ठाउँमा कपाल रोप्न सकिने र आइब्रो पातला भएका महिलाले आइब्रोमा कपाल प्रत्यारोपण गर्न सक्ने उनको भनाइ छ ।
प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न सुरु हुने जनाइएको छ । उनले भने, “पाँच महिनापछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरे पनि फेरि पलाइरहन्छ ।”







डिसी नेपाल








Facebook Comment