पहिरोमा परेर एक्स्काभेटर चालकको मृत्यु

डिसी नेपाल
८ पुष २०८२ २०:४४
952
Shares

काभ्रे मंगलबार साँझ ५ः३० बजे काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थित रोशीमा ढुंगा उत्खनन गर्ने क्रममा पहिरो झर्दा एक जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा एक्स्काभेटर चालक खानीखोला गाउँपालिका वडा नं २ घर भई हाल पनौती नगरपालिका वडा नं ९ स्थित सुनथान बस्दै आएका अन्दाजी ३५ वर्षीय रामबहादुर तिमल्सिना रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर टिपर चालक पनौती नगरपालिका वडा नं १२ का अन्दाजी ३५ वर्षीय ईश्वर गुरुङ घाइते भएका छन्। उनलाई उद्धार गरेर उपचारको लागि जिल्लास्थित शिर मेमोरियल अस्पताल पठाइएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *