एनआरएन इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
४ पुष २०७८ १४:४२
104
Shares

काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश दिने घोषणा गरेको छ। शक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै,बोनसमा लाग्ने कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.