सर्लाहीको मलंगवाबाट नक्कली नोटसहित दुई भारतीय पक्राउ
सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा १ लाख १५ हजार नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । मलंगवातर्फबाट भारतको सोनवर्षा जान थालेको बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकललाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित दुई भारतीय पक्राउ परेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–६ चिलरीका ३७ वर्षीय आशिष भनिने सुरेन्द्र महतो र सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–१ लालबन्दीका ४८ वर्षीय प्रमोद कुमार रहका छन्।
चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिकी र सिटको बीचमा १ सय १५ वटा नेपाली १ हजारका नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताए । त्यसका साथै उनीहरूको साथबाट ४७ हजार ५ सय भारतीय रुपैयाँ पनि फेला परेका छन्। भारतीय रुपैयाँ भने सक्कली नै रहेको प्रहरी उपरीक्षक खनियाँले जानकारी दिए । नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।







डिसी नेपाल








Facebook Comment