रक्सी पिएर आफ्नै साथीको हत्या

डिसी नेपाल
४ पुष २०७८ २२:१४
1.0k
Shares

पोखरा । कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको हत्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा बागलुङका ५७ वर्षीय शिव परियारलाई बागलुङकै ३६ वर्षका अर्जुन विकले हत्या गरेका हुन् ।

रक्सी पिएर आपसमा झगडा हुँदा परियारले विकको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शव घान्द्रुककै चिहान घाटमा भेटिएको थियो ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । हत्याको अन्य कारण भने खुलेको छैन ।

उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको तिवारीले जानकारी दिए । उनीहरू कामको सिलसिलामा घान्द्रुक पुगेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.