सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सांकेतिक तस्बिर
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ।
आइतबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ४५ रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment