लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।
लालबन्दी नगरपालिका–९ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा यादवको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ट्युसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment