छ्याङ्दी हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौँ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद पश्चात चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment