एभीसी सेन्ट्रल जोन : नेपालले महिलातर्फ श्रीलंका र पुरुषतर्फ उज्वेकिस्तानसँग खेल्ने

डिसी नेपाल
५ पुष २०७८ १२:४०
84
Shares

काठमाडौं। बंगलादेशको राजधानी ढाकामा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

सार्वजनिक खेल तालिका अनुसार नेपाली महिला टोलीले ८ पुसमा श्रीलंकासँग र पुरुष टोलीले सोही दिन उज्वेकिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरूवात गर्नेछन्।

९ पुसमा महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले बंगलादेशसँग खेल्नेछ । १० पुसमा महिला टोलीले बंगलादेश तथा पुरुष टोलीले माल्दिभ्ससँग खेल्नेछ ।

११ पुसमा महिला टोलीले उज्वेकिस्तानसँग खेल्दा पुरुष टोलीले अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । १२ पुसमा महिला टोलीले अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

लिगकम नकआउट चरणपछि पुरुष र महिलामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथोले १३ पुसमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । १४ पुसमा पुरुष र महिलाको फाइनल खेल हुनेछ ।

नेपाली दुबै टोली ढाका आज (सोमबार) प्रस्थान गर्दै छ । पुरुष टोलीको मुख्य प्रशिक्षकमा हान एविङ रहेका छन् भने महिला तर्फ जगदिश भट्ट छन् ।

१२ सदस्यीय पुरुष टोली

इमबहादुर राना (कप्तान), हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द

१२ सदस्यीय महिला टोली

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र कृपा अधिकारी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *