उपप्रधानमन्त्रीमाथि यौन शोषणको आरोप लगाउने टेनिस स्टारले अचानक बयान फेरिन्

डिसी नेपाल
५ पुष २०७८ १३:२३
380
Shares

काठमाडौं। चीनकी टेनिस खेलाडी पेंग शुआइले चीनका पूर्व उपप्रधानमन्त्री झांग गाओलीमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । तर, अचानक यो मामिलामा नयाँ मोड आएको छ । आरोप लगाएको करिब १ महिनापछि पेंग शुआइ आफ्नो बयानबाट पछि हटेकी छिन् । पेंग शुआइले अहिले आफूले कहिल्यै पनि आफ्नो यौन शोषण भयो भनेर नभनेको बताएकी छिन् ।

चीनकी टेनिस स्टार शुआइले आइतबार आफूले कहिल्यै कसैमाथि यौन शोषणको आरोप नलगाएको बताएकी छिन् । उनले आफूले सामाजिक संजालमा गरेको पोस्टलाई गलत तरिकाले लिइएको बताएकी छिन् । उनले आफूले फेरि पनि कसैले आफ्नो यौन शोषण नगरेको प्रस्ट पार्न चाहेको बताएकी छिन् । शुआइले केही समय पहिले यौन उत्पीडनसँग सम्बन्धित आरोप लगाएपछि टेनिस जगतमा खल्बली मच्चिएको थियो । आरोप लगाएपछि शुआइ करिब ३–४ हप्ता गायब भएकी थिइन् ।

बीबीसीका अनुसार सिंगापुरको चिनियाँ भाषाको अखबारसँग कुरा गर्दै शुआइले यौन उत्पीडनको आरोप गलत भएको बताइन् । पेंग शुआइले यस विषयमा सार्वजनिक रुपमा बोलेको यो पहिलो पटक हो । यसअघि उनले सामाजिक संजालमार्फत आफ्नो कुरा राखेकी थिइन् । पेंग शुआइको यौन शोषण भएको कुरा बाहिर आएपछि महिला टेनिस महासंघले यदि महिला टेनिस खेलाडीहरुसँग यस किसिमको व्यवहार हुने भए चीनमा हुने सबै प्रतियोगिता रद्द गर्ने चेतावनी दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *