खुला केन्द्रीय सदस्य महिलातर्फको मतगणनाः आरजु देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि

डिसी नेपाल
५ पुष २०७८ १३:४४
216
Shares

काठमाडौं।नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा।डिला संग्रौला छिन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा।आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।

भुसालले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.