म देश बनाउन हिँडिरहेको छु : हर्क साम्पाङ

डिसी नेपाल
५ पुष २०८२ १८:१९
28
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफू पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताएका छन्।

शनिबार श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा साम्पाङले आफू कार्यकर्ता खोज्न र पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताएका हुन्।

देशमा अन्याय, अत्याचार र भ्रष्टाचार हटाउनका लागि साथ दिन उहाले आह्वान गरे। साम्पाङले देशका हरेक मान्छेले केहि न केहि काम गरे देशको समृद्धिको आधार आफै निर्माण हुने जिकिर गरे। उनले बाटो, पूल लगाएत सवै पूर्वाधार निर्माणका लागि विदेशीसंग सहयोग माग्ने प्रवृतिका कारण अन्य देशले नेपाललाई हेपेको बताए।

उनले ढल्दै गरेको राष्ट्रिय स्वाभिमानलाई सवै मिलेर उठाउनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *