ह्वातै घट्यो सुनको मूल्य

डिसी नेपाल
६ पुष २०७८ ११:३२

काठमाडौं।  मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँले कारोबार भइरहेको छ।

सोमबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ  कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *