पञ्चकन्या माई हाइड्रोपावरले डाक्यो एकैपटक तीन आर्थिक वर्षको साधारणसभा
काठमाडौँ। पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको चाैँथाे, पाचाैँ तथा छैठाैँ वार्षिक साधारण सभा, कुपण्डाेल ब्याङ्क्वेट कुपण्डाेल, ललितपुरमा बिहान ११ बजे सुरु हुने भएको छ । सभा भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा तीन आर्थिक वर्षको सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पेश गर्ने भएको छ। साथै, तिन वटै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पनि पारित गर्ने एजेण्डा रहेको छ।
संस्थाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीकाे संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालककाे मनाेनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पाैष २० गते बुकक्लाेज गर्ने भएको छ । त्यसैले, पाैष १९ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।







डिसी नेपाल








Facebook Comment