विद्यालय भ्यान दुर्घटनाका घाइतेमध्ये थप एकको मृत्यु
गलकोट (बागलुङ)। बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ। छन्त्यालसँगै बिहीबार भएको दुर्घटनामा मृत्यु हुने विद्यार्थीको सङ्ख्या दुई पुगेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरि अस्पताल बागलुङमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएकामा आज गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।
दुर्घटनाका घाइते अमन बोहोराको बिहीबार नै धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले जानकारी दिए।
दुर्घटनामा २६ जना घाइते भएका थिए। धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत १४ जनामध्ये १२ जना उपचारपछि घर फर्किएको र दुई जनाको उपचार भइरहेको तिवारीले बताए। अन्य आठ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment