चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक

डिसी नेपाल
६ पुष २०७८ १२:३२
188
Shares

काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन्।

क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन्। पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ।

कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए। ‘मेरो आँखै अगाडि घटना भयो,’ उनले भने।

उनकाअनुसार घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ। शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन्। घटनापछि आजको परीक्षा स्थगित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.