२६ वटै वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुन बैंकको कति ?

डिसी नेपाल
६ पुष २०७८ १३:२०

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वटै वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन् ।

सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ । नबिलले ३३.६ प्रतिशत बोनस शेयर तथा ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आवको वितरण योग्य नाफाका आधारमा नेपाल एसबिआइ बैंकले सबैभन्दा कम ३.३ प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५. ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस शेयर तथा ४.६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९४७ प्रतिशत नगदसहित १७.८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन ।

नेपाल इन्भेस्टमेन्ट बैंकले १२६११ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन ।

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२.५ प्रतिशत बोनस शेयर तथा ३.३ प्रतिशत नगदसहित १५.८ प्रतिशत, एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी १५.७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस तथा ०.७ प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमइ बैैंकले १० प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगदसहित १३.५ प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले १० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । १० प्रतिशत बोनस तथा २.०७ प्रतिशत नगदसहित १२.०७ प्रतिशत मेगा बैंकले आफ्ना शेयरधनीलाई दिने भएको छ भने लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगद गरेर ११.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैंकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद र सनराईज बैंकले ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएको छ ।

सेञ्चुरी बैंकले आफ्नो सेयरधनीलाई ५.७५ प्रतिशत बोनस सेयर र ०.३ प्रतिशत नगद लाभांश दिने भएको छ। त्यस्तै, सिभिल बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश, कृषि विकास बैंकले आफ्नो लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ । लाभांश घोषणा गरेकामध्य १८ बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् भने बाँकी ८ वटा बैंकको बुक क्लोज हुन बाँकी रहेको छ । बुक क्लोजको दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *