सिभिल बैंकले ५ प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
६ पुष २०७८ १४:०२

काठमाडौं : सिभिल बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

बैंकले ८ प्रतिशतले हुन आउने ८ अर्व ६४ करोड ३६ लाख ६० हजार ८४९.७९ रुपैयाँ  बराबरको बोनस सेयर र ०.२६ प्रतिशतलहुना आउने २ करोड २७ लाख ४६ हजार ४७५.९२ रुपैयाँ बराबरको नगद लाभांशमा खर्च गर्ने भएको छ ।

सञ्चालक समितिले प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती पश्चात आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *