कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित, विनोद चौधरीलाई उछिन्दै अजय चौरसियाले पाए सर्वाधिक मत

डिसी नेपाल
६ पुष २०७८ १४:१६
264
Shares

काठमाडौं। नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन्। मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित पार्टीको तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन्।

४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका समानुपातिक सांसद चौधरीले २२०६ मत प्राप्त गरेका छन्।

तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत प्राप्त गरेका छन्। खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.