नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक

डिसी नेपाल
६ पुष २०७८ १४:३९

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । सो बीमा कम्पनीले सञ्चारमाध्यम र आफ्ना सामाजिक सञ्जाललगायत मार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको हो ।

विभिन्न तथ्य र प्रमाणहरु प्रस्तुत गर्दै कम्पनीले सो दाबी गरेको हो । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग एक खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ बराबर सर्वाधिक जीवन बीमा कोष रहेको, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी गरेको, ४० अर्ब ५० करोड रुपैयाँको सर्वाधिक दाबी भुक्तानी, ७ अर्ब १९ करोड अर्ब रुपैयाँको सर्वाधिक चुक्तापुँजी रहेको सो कम्पनीको दाबी छ ।

अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको उल्लेख गर्दै कम्पनीले जनतामा जीवन बीमाको महत्वबारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशीलकुमार चौधरीले बताए ।

अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्याउन उल्लेख्य सहयोग तथा सहकार्य पु¥याएका सेयरहोल्डर्स, कर्मचारी,अभिकर्ता लगायत प्रत्यक्ष/परोक्षरुपमा भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद साथै कृतज्ञता ज्ञापन गर्नुपनि अभियानको उद्देश्य रहेको उनले जानकारी दिए ।

यो अभियानमार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ । साथै योजनामार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको कम्पनीका सीईओ चौधरीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *