सेयर बजारमा हरियाली, ५६.७३ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
६ पुष २०७८ १५:३२

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ५६.७३ अङ्कले बढेर २ हजार ४१५.५५ विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ११.३४ अङ्कले बढेर ४६२.५२ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १४ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ हजार ४ सय रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : नबिल बैंक  र नेपाल दुरसञ्चार कम्पनीको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कारोबार भएका १३ वटै उपसमूहमा हरियाली छाएका छन् ।  मंगलबार सबै भन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने गोर्खाज फाइनान्स र नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *