प्रतिनिधिसभाको बुधबार बैठक, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

डिसी नेपाल
६ पुष २०७८ १६:२१
172
Shares

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।

एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

तेस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । सो बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.