२५९८ निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्याे, कुन विषयमा कति शिक्षक माग ?

डिसी नेपाल
७ पुष २०७८ ८:४१
164
Shares

काठमाडाैं। शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ। माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएकाे एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकाे हाे।

जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएकाे छ। त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि काेटा छुट्याइएकाे छ।

६ माघसम्म नियमित र १० माघसम्म बिलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिनेछ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्। परीक्षा १७ चैतमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.