दुई बाणिज्य बैंकसहित चार कम्पनीको सेयर मूल्य समायोजना, कुनको कति ?

डिसी नेपाल
७ पुष २०७८ ९:००

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। सेयर मूल्य समायोजन हुनेमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, गणपति लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको भएको हो।

नेपाल एसबिआई बैंकको ३.५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। समायोजनपछिको सेयर भाउ ३ सय ४४ रुपयाँ ८३ पैसा कायम भएको छ। यस अघि अन्तिम सेयर मूल्य ३ सय ५६ रुपैयाँ ९० पैसा रहेको थियो।

एनएमबि बैंकको १२.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।  नेप्सेले प्रतिकित्ता ३ सय ३६ रूपैयाँ ३६ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन भएको हो । यस अघि अन्तिम कारोबार मूल्य ३ सय ७८ रूपैयाँ ४० पैसा रहेको थियो ।

गणपति लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले सेयर भाउ १ हजार १सय ७४ रुपैयाँ ७९ पैसा कायम हुने गरि मूल्य समायोजना गरेको हो। यस अघि अन्तिम कारोबार मूल्य १ हजार ३ सय ९८ रुपैयाँ रहेको थियो ।

छिमेक लघुवित्त वित्तीय संस्थाको २७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। समायोजनपछिको सेयर भाउ १ हजार २ सय ४० रुपैयाँ ८ पैसा निर्धारण भएको छ। यस अघि अन्तिम कारोबार मूल्य १ हजार ५ सय ७४ रुपैयाँ ९० पैसा रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *