एक्सेल डेभलपमेन्ट बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

डिसी नेपाल
७ पुष २०७८ १०:००

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । लिलामी भर्न चाहने लगानीकर्ताले आज कार्यालय समय भित्र आवेदन दिनुपर्ने छ ।

बैंकले मंसिर २९ गतेदेखि सर्वसाधारण समूहको २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा ल्याएको हो। बैंकको यस सेयरमा  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बैंकको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *