हिमालयन डिस्टिलरीले गर्‍यो बम्पर लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
७ पुष २०७८ १०:४७

काठमाडौं। हिमालयन डिस्टिलरीले आफ्नो लगानीकर्तालाई १०० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१ रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशतले हुने २१ करोड ६९ लाख २५ हजार रुपैयाँ नगद लाभांश खर्च गर्ने भएको छ । सञ्चालक समितिले प्रस्तावित लाभांश आगामी साधारसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ।

यता, सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण सभा पुस २८ गते बस्न आह्वान गरेको छ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुने भएको छ ।

सभा प्रयोजनको लागि  पुस १६ गते बुक क्लोज गर्ने पनि सुचनामा उल्लेख छ। यस अनुसार पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *