सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन

डिसी नेपाल
७ पुष २०७८ १०:५४
68
Shares

काठमाडौं । सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । ऋणपत्र भर्न चाहने लगानीकर्ताले आज कार्यालय समय भित्र आवेदन दिनुपर्ने छ।

बैंकले मंसिर २४ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँ दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले बिक्रि खुल्ला गरेको ऋणपत्रमध्ये ६० हजार कित्ता  म्युचुअल फन्डहरुलाई र ११ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता सेयर प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकले तोकेको मिति अवधिभित्र सबै कित्ता बिक्री नभएमा भने पुस ९ गतेसम्म यस ऋणपत्रमा आवेदन दिन सक्ने छन् ।

यस ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्ने भएको छ ।  लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.