नेप्सेमा ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शिभम् सिमेन्ट, सबैको लघुवित्त, अरुण भ्याली हाइड्रो पावर र बरुण हाइड्रोपावरको शेयरमूल्यमा सर्किट लागेको हो। यी चारवटै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
शिभम् सिमेन्टको शेयरमूल्य ११२.२ रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य १ हजार २३४.२० पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग ५४ हजार ६२९ कित्ता रहेको छ ।
यता, सबैको लघुवित्तको शेयरमूल्य ११६.२० रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य १ हजार २७८.२० पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग १ हजार ३७१ कित्ता रहेको छ ।
अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य ३९.८० रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य ४३७.८० पुगेको छ । साथै, बरुण हाइड्रोपावरको शेयर मूल्य ४१ रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य ४५१ पुगेको छ ।







डिसी नेपाल








Facebook Comment