बेन्जेमाले दुई गोल गर्दा रियललाई आठ अंकको अग्रता

डिसी नेपाल
८ पुष २०७८ ७:४२
88
Shares

काठमाडौं। फरवार्ड करिम बेन्जेमाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि स्पेनिस ला लिगामा जित हासिल गर्दै रियल मड्रिडले तालिकामा आठ अंकको अग्रता बनाएको छ।

बुधबार राति भ्रमणकारी टोली रियलले एथ्लेटिको क्लबमाथि २–१ अन्तरको जित निकालेको हो । बिबाओमा भएको खेलमा बेन्जेमाले खेलको ४ र ७ मिनेटमा लगातार दुई गोल गरेपछि रियलले सुरुआतबाटै खेलमा पकड बनाएको थियो।

१०औँ मिनेटमा आइहान सानसेटले एथ्लेटिकोको लागि अन्तर घटाएपनि खेलमा फर्कन सकेन। जितसँगै रियलले १९ खेलबाट ४७ अंक बनाएको हो। दोस्रो स्थानको सेभियाको ३८ अंक रहेको छ। सेभिया अघिल्लो रात बार्सिलोनासँग रोकिएको छ। पराजित एथ्लेटिकोको समान खेलबाट १९ अंक सहित १० औं स्थानमा छ।

राति नै भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड ग्रानडासँग २-१ अन्तरले पराजित भयो। ग्रानडाको घरेलु मैदानमा जोआओ फेलिक्सको गोलमा एट्लेटिकोले दूई मिनेटमै अग्रता बनाएको थियो।

१७औँ मिनेटमा डार्विन माचिसले बराबरी गोल गरे। ६१औँ मिनेटमा जर्ज मोलिनाले विजयी गोल गरे।

हारसँगै एट्लेटिको २९ अंकसहित पाँचौ स्थानमा झरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *