सनराइज बैंकले सहकारीका ग्राहकलाई डेबिट कार्ड दिने

डिसी नेपाल
८ पुष २०७८ ८:४९
76
Shares

काठमाडौँ।  सनराइज बैंकले सहकारीका ग्राहकलाई पनि डेबिड कार्ड सेवा सुरु गरेको छ । बैंकले भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाहरूका ग्राहकका लागि को–ब्राण्डेड डेबिट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रालि, आइमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेडसँग सहकार्य गरी डेबिट कार्ड जारी गर्ने परियोजना थालेको हो । यो परियोजनाअन्तर्गत पूर्वतयारी निम्ति भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको बैंकले जानकारी दिएको छ ।

पहिलो चरणमा कार्ड जारी गर्न बैंकले विभिन्न चार सहकारी संस्थासँग सम्झौता गरेको छ भने प्राविधिक सेवा प्रदायकहरूको सहकार्यमा सिस्टम तयार गरी परीक्षण (युजर एसेप्टेन्स टेस्टिङ) समेत सम्पन्न गरेको छ । विद्युतीय भुक्तानीलाई जोड दिँदै सहकारी संस्थाहरूलाई समेत लक्षित गरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सहकारीका ग्राहकसमक्ष समेत विद्युतीय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गरिने उल्लेख गरेको थियो ।

यस कार्यक्रमबाट बैंकिङ्ग क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुुसंख्यक जनसंख्या लाभान्वित हुने र वित्तीय समावेशीतामा समेत योगदान पुग्ने बैंकको दाबी छ । साथै, डिजिटल कारोबार हुँदा आर्थिक पारदर्शीता पनि वृद्धि हुने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाका ग्राहकहरूलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एशियामा नै पहिलो अभ्यास हो । भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपालमात्र नभई समग्र दक्षिण एसियालाई नै मार्गदर्शन गर्ने बैंकले दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.