सिन्धुलीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

डिसी नेपाल
८ पुष २०७८ १०:०२
48
Shares

सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ मा कुखुरा बोकेको जीप दुर्घटना भएको हो।

जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय कुनथाङ मोक्तानको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएका जीपका चालकसहित दुईजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

गए राति महोत्तरीबाट कुखुरा लिएर काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर पल्टिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.