मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
८ पुष २०७८ १४:४२
156
Shares

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ सुर्यनगर सोल्टी चोकमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको ना ३० प ९२ ९९ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे दुर्घटना भएको हो।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ शारदानगरका ३२ वर्षीय जितेन्द्र रसाईली रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी चौकी पार्वतीपुरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.