लगातार दोस्रो जितको खोजिमा महिला टोली, पुरुष उज्वेकिस्तानसँग खेल्दै

डिसी नेपाल
९ पुष २०७८ ७:०५
212
Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्ध कोर्टमा उत्रिँदै छ। बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो।

श्रीलंकाविरुद्ध जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक जगदिश भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। नेपाल र माल्दिभ्सको खेल दिउँसो ११:१५ मा हुनेछ।

शुक्रबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ। खेल साँझ ५:४५ मा हुनेछ। प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *