यु-१९ एसिया कपः नेपाललाई बंगलादेशको बलियो लक्ष्य

डिसी नेपाल
९ पुष २०७८ १५:५८
248
Shares

काठमाडौं।प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछि एसीसी यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २ सय ९८ रनको लक्ष्य दिएको हो ।

बंगलादेशका प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउदै २९७ रन बनायो । यस्तै मोहमद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच मोल्लहले २२ रनको योगदान बनाएनेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १ र १ विकेट लिए ।

नेपाली टिमः

देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी
मुख्य प्रशिक्षक ( बसन्त शाही

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *