मल्टीपर्पस फाइनान्सको साधारण सभा पुस ३० गते हुने, यस्ता छन् एजेण्डा

डिसी नेपाल
११ पुष २०७८ १४:५१

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनीको २४ औँ वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको छ । लाभांश पारित गर्न सभा सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने भएको छ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ। साथै, बोनस सेयर वितरण पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने  एजेण्डा पनि रहेको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउने र सभामा भाग लिन पाउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *