नेप्सेमा ७१.२० अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

डिसी नेपाल
११ पुष २०७८ १५:१८

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर २ हजार ५९१.४२ विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ५.३८ अङ्कले बढेर ४८२.७४ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ३२ करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ५ सय २४ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी  र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूह मध्ये ११ वटा उपसमूह बढेको छ भने २ वटा उपसमूह ओरालो लागेको छ । सबै भन्दा बढी लाइफ इन्स्योरेन्स उपसुचक बढेको छ भने फाइनान्स उपसुचक ओरालो लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *