आइतबार १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

डिसी नेपाल
११ पुष २०७८ १५:४४

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर २ हजार ५९१.४२ विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ५.३८ अङ्कले बढेर ४८२.७४ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँको सेयर कारोबार भएको छ।

बजार बृद्धिसँगै १५ कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। १५ कम्पनीमध्ये ९ कम्पनी लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ।

प्रिमियम इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स,ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, लुम्बिनी जेनेरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स,एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र मध्य भोटेकोशी जलविद्युत को पनि मूल्य बढेर सर्किट लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *