इंग्लिस प्रिमियर लिग : सिटीमाथि आर्सनलको जित

डिसी नेपाल
१२ पुष २०७८ ६:५०
128
Shares

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ। नर्विचको मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि ५–० गोलको जित हात पारेको हो।

आर्सनललाई जित दिलाउन बुकायो साकाले २, तथा किरन टीएर्ने, एलेक्सजेण्डर लाकाजेटी र इमिल स्मिथले एक-एक गोल गरे। जितसँगै १९ खेलमा ३५ अंक जोडेको आर्सनल चौंथो स्थानमा रहेको छ । नर्विच १० अंक जोडेर पुछारमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *